तनहुँ । कोरोना भाइरसको त्रासका कारण सरकारले नेपाल लकडाउन गर्ने घोषणा गरेको छ । तर तनहुँको सदरमुकाम दमौलीमा भने लकडाउनको पहिलो दिन उल्लेख मात्रामा मोटरसाइकल चलिरहेका छन ।
कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते नेपाल लकडाउनको घोषण गरेको छ ।

दमौलीमा लकडाउन उल्लंघन भएको पाइएको छ । केही सवारीको कागजपत्र राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्ण बहादुर अधिकारीले बताए ।
त्यस्तै दमौलीमा सर्वसाधारणहरु सडकमा निस्केको समेत पाइन्छ । सडकमा सवारी साधानहरु गुड्ने क्रम रोकिएको छैन ।

तनहुँको डुम्रे बजार ।
यता लक डाउन घोषणा संगै तनहुँको दमौली, डुम्रे, दुलेगौंडा, खैरेनीटार आबुखैरेनि लगाएतका बजार भने पूर्ण रुपमा बन्द रहेको छ ।
छिटफुट रुपमा खुलेका पसलहरु समेत प्रहरीले बन्द गराएको छ ।
लक डाउन कार्यान्वयन गर्न तनहुँमा प्रहरी सक्रिय रुपमा लागि परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

लकडाउन उल्ङघन गरिएको भन्दै सर्वसाधारणले भने सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरिरहेका छन ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु