लकडाउन एक हप्ता लम्ब्याउने सरकारको तयारी

लकडाउन एक हप्ता लम्ब्याउने सरकारको तयारी

Damauli LockDown Day1 Pic1

काठमाडौं । सरकारले लकडाउन एक हप्ता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको लकडाउन भोलि सोमबार सकिँदैछ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक हप्ता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जानकारी दियो ।

“यस्तो अवस्था छ । सङ्क्रमित थपिन थालेका छन् । बेलुकी मन्त्रिपरिषद्को बैठकले त्यसबारे आवश्यक निर्णय गर्छ । झन् सतर्कता अपनाउनुपर्ने परिस्थिति छ,” स्रोतले लम्बिने सम्भावना बतायो ।

लकडाउन कम्तीमा एक हप्ता लम्ब्याउने तयारी रहेको स्रोतको दाबी छ ।

भारतले २१ दिनसम्म लकडाउन घोषणा गरेकाले समय गुज्रन बाँकी रहेकाले त्यसको अध्ययन गरेर नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ