लकडाउन चैत २५ सम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन चैत २५ सम्म लम्ब्याउने सरकारको निर्णय

Mantriparisad

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

लकडाउनको अवधि सकिनु दुई दिन अघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो ।

लगतै बसेको मन्त्रिपरिषद्ले अन्तराष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको छ ।

यस्तै संक्रमण रोग ऐन आदेशलाई पनि चैत २५ सम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ