किरण श्रेष्ठ, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्नेलाई चौरमा राखेर कोरोनाबारे सचेतना दिन थालेको छ । सोमबारदेखि प्रहरीले बिना अत्यावश्यक काम घर बाहिर निस्कनेहरु लाई नियन्त्रणमा लिएर कोरोनाबारे सचेतना दिन थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ । सोमबार प्रहरीले ५६ जना पुरुष र ४ महिला गरी ६० जनालाई चौरमा राखेर कोरोना सम्बन्धि सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
‘आज पहिलो दिन भएर १ घण्टा मात्रै राखेर छोडियो ।’ डीएसपि लामिछाने भने ‘भोलिदेखि झनै कडा रुपमा अघि बढ्नेछौ ।’ उनले थपे ‘यो अभियान निरन्तर जारि रहनेछ ।’ सो अवसरमा मास्क नलगाउने सर्वसाधारणलाई मास्क समेत वितरण गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सामाजिक दूरी कायम गरी कोरोना र लकडाउनको बारेमा जानकारी गराइने छ । आदेश उल्लंघन गर्नेविरुद्ध कारबाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उनले जानकारी दिए ।
लकडाउनको आइतबारसम्म जिल्लाका विभिन्न क्षेत्रबाट ४ सय ५२ सवारीलाई नियन्त्रणमा लिइएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । उक्त लकडाउन चैत १८ गते बिहानसम्म लागू हुने थियो । तर आइतबार मन्त्रिपरिषद्को बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एक जना निको भएर घर फर्किसकेका छ्न भने ४ जना उपचाररत छन । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ