काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन् ।
उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए ।
उनले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताए ।
डा. देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भइसकेको र परीक्षणको क्रममा रहेको छ । डाक्टर देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट टेसिङ अत्यन्तै महत्वपूर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर आवश्यकताअनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गरे ।
उनले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी समेत दिए । कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाडौ लगायत विभिन्न प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि डाक्टर देवकोटाले दिए ।
डाक्टर देवकोटाका अनुसार काठमाडौं बाहिरको प्रयोगशाला विस्तारको काम तिब्र गतिमा भइरहेको छ । उनले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण रन भइरहेको, धरानमा १२ वटा नमुनाको परीक्षण रन भइरहेको तथा हेटौडामा बुधबार साँझसम्म परीक्षणको काम सुरु हुने बताए ।
उनले अहिलेसम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सयभन्दा बढी कलहरु आएको तथा गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भइसकेको बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु