नेपालमा छैटौं कोरोना भाइरसको संक्रमित भेटियो, कतारबाट आएका व्यक्ति

नेपालमा छैटौं कोरोना भाइरसको संक्रमित भेटियो, कतारबाट आएका व्यक्ति

1580895618_corona

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् ।

कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले यसबारे थप विवरण आउन बाँकी रहेको र आएपछि विस्तृतमा जानकारी गराइने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ