आज प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

Kp Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार(आज) देशबासी लाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमण तथा लकडाउन भोगिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ वैशाखसम्म पुर्याउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ