कोरोनाको संक्रमण अबको दुई हप्ता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री ओलि

कोरोनाको संक्रमण अबको दुई हप्ता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री ओलि

PM_Oli-e1570101048679

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।

मंगलबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या ९ मा सिमित राख्न सकेपनि अझै उच्च जोखिममा रहेको बताएका हुन् । ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ उनले भने, ‘यो अवधि कोरोनाको लक्षण प्रकट हुने मात्र होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ ।’

यसै साताबाट प्रयोग ल्याइएको र्‍यापिड डायग्नोस्टिक टेष्टले समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने उनको विश्वास छ । ‘यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ’ उनले भने ।

समुदाय स्तरको परीक्षणका लागि संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको भन्दै उनले थप सुनिश्चितताका लागि क्वारेन्टाइन अवत्रि पुरा गरेकाहरुको पनि परीक्षण गरिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ