रौतहटमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

रौतहटमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

health_ministry_press_meet_Z2Dde1ubr8

काठमाडौँ । रौतहट जिल्लामा नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नै कैलालीको लम्कीकैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।

हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।

यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ