काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, अस्पताल भर्ना

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, अस्पताल भर्ना

COVID19

काठमाडौं । काठमाडौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ