मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी, लकडाउन लम्ब्याउने सरकारको तयारी

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी, लकडाउन लम्ब्याउने सरकारको तयारी

Mantriparisad

काठमाडौं । कोरोनाका कारण चैत ११ बाट जारी लकडाउन बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम रोकिएको छैन । यो भाइरस फैलन नदिन सवैभन्दा उपयुक्त विकल्प भनेको लकडाउन (बन्दाबन्दी) नै भएकाले लब्याउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ ।

लकडाउन लब्याउने र लकडाउनले समस्यामा परेका नागरिकहरुको व्यवस्थापनका बारेमा समेत आजको मन्त्रिपरिषदमा छलफल हुने नेक्ष बालुवाटार स्रोतले बतायो।

सोमबार मात्रै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।

पछिल्लो समय काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना संक्रमणको आशंकामाअस्पताल भर्ना गरिएको छ। एकैघरका उनीहरुको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि थ्रोट स्वाबको रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ