सनसिटीको संक्रमित परिवारकी बुहारीको रिपोर्ट नेगेटिभ

सनसिटीको संक्रमित परिवारकी बुहारीको रिपोर्ट नेगेटिभ

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड-१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार गरिएको र्‍यापिड टेस्टमा तीनै जनामा एन्टिबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनीहरुमध्ये ८१ वर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।

त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

तर, र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

उनकाअनुसार सनसिटीमा बसोबास गर्ने दुई सय ९८ जनाको बुधबार नै र्‍यापिड टेस्ट गरिएको छ र उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । संक्रमित परिवारमा काम गर्नेहरुको भने पीसीआर विधिबाट पनि परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ