काठमाडौं । नेपाली रोटरीले सामाजिक दूरी कायम राख्नाका साथै एकापसमा विद्युतीय माध्यमबाट भए पनि सम्पर्क गर्दै र आफूलाई सुरक्षित राख्दै समुदायको सेवामा जुट्न आह्वान गरेको छ ।
सम्पूर्ण नेपाली रोटरी कोरोना भाइरसको प्रकोपबाट देशलाई र जनतालाई जोगाउने अभियानमा समर्पित भएको जनाउँदै डिष्टिक गभर्नर ३२९२ किरणलाल श्रेष्ठले देश र जनतालाई विपत् पर्दा जस्तोसुकै मूल्य चुकाएर भएर पनि सेवामा समर्पित हुनाको विकल्प नरहेको जनाएका छन् ।
कोभिड–१९ ले मानव जातिको जीवन र अस्तित्वमा नै चुनौती खडा गरेका बेला यस महाविपत्तिबाट आफू र आफ्नो परिवार तथा सिङ्गो समाजको जीवन रक्षा गर्नु आफूहरुको पहिलो कर्तव्य भएको र यसलाई पालना गर्न चुक्न नहुनेमा जोड दिँदै उनले रोटरी जस्तो संस्थाको आवश्यकता देश र जनताका लागि यस्तै विपत्तिमा पर्ने जनाएका छन् ।
रोटरीका देशैभरिका १२४ क्लब अहिले कोरोना सङ्क्रमणको जोखिमबाट पीडित विपन्न वर्ग वृद्ध र बालबालिकाको सेवामा जुटिरहेको तथा दैनिकी गुजारा गर्नुपर्ने समुदाय र स्वास्थ्य सेवकको सहयोगमा समर्पित भएको जनाइएको छ ।
नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि डिष्ट्रिक ३२९२ ले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष