एकैदिन १४ जनामा कोरोनाको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

एकैदिन १४ जनामा कोरोनाको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

Corona Positive

काठमाडाैं । एकैदिन थप १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । शुक्रबार चितवनमा २ जना र उदयपुरमा १२ जनामा संक्रमण देखिएको हो ।

उदयपुरस्थित एक मस्जिदमा लुकेर बसेका १२ जनामा संक्रमण देखिएको स्वास्थ्य सचिव यादव कोइरालाले बताए । तीमध्ये केही भारतीय रहेका छन् ।

त्यस्तै चितवनमा गत चैत ३ गते कतार एयरवेजबाट आएका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

एकैदिन ठूलो संख्यामा कोरोनाको संक्रमण देखिएको नेपालमा पहिलोपटक हो । यससँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । संक्रमित मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ