उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित बिराटनगरको कोरोना अस्पताल भर्ना

उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित बिराटनगरको कोरोना अस्पताल भर्ना

Screenshot_20200418_134721

विराटनगर । शुक्रबार उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ स्थित कोरोना अस्पताल भर्ना भएका छन् ।

शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो ।

उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो ।

उदयपुरको स्थानीय प्रशासनले कोरोनाको आशंकामा १६ जनालाई नै विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा रहेका छन् ।

उनीहरुलाई कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ