तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्ने १ सय १५ जनालाई नियन्त्रणमा लिएको छ । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै मर्निङ वाक गर्ने र अत्यावश्यक बाजेक बाहिर निस्कने तनहुँको दमौलीबाट १ सय १५ जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए । शनिबार र आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा ठूलो संख्याका दमौलीका स्थानीय बिहान पक्राउ परेका हुन् ।
दिउँसो हिंडडुलमा कमी आएपनि बिहान भने मर्निङ वाक गर्नेको संख्या बढेपछि तनहुँ प्रहरी कडा रुपमा उत्रिएको हो ।
शनिबार ४५ को जना र स्थानीयलाई प्रहरी कार्यालयमा केही समय नियन्त्रणमा राखेर छाडिएको थियो । तर आइतबार झन् धेरै निस्केपछि उनीहरुलाई करिब तीन घण्टा नियन्त्रणमा राखेपश्चात फेरि बाहिर ननिस्कने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए । आइतबार ७० जना लिइएको प्रमुख सिलवालले जानकारी दिए ।
‘अब झन कडा बनाउदै जान्छौ ।’ प्रमुख सिलवालले भने ‘ लकडाउन उल्लंघन गर्ने लाई कारबाही गर्नेछौ ।’ कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि तनहुँमा जिल्ला बाहिरबाट तरकारी र फलफूल आयातमा पनि प्रतिबन्ध घोषणा गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ