काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।
त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए । नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।
आज मात्रै ११ जनामा संक्रमणको पुष्टि भएको थियो ।
योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।
सम्बन्धित खबर
यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र डा. रूइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता
यी प्रदेशमा हावाहुरीसहित वर्षा हुने
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
दीपक थापा ३१ औं आईजीपी बन्ने सम्भावना बलियो
दुई गाउँका युवकहरूबीच विवाद हुँदा एक किशोरको हत्या
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ