काठमाडौमा एन्टिबडी पोजेटिभ देेखिका दुुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौमा एन्टिबडी पोजेटिभ देेखिका दुुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

Corona

काठमाडौं । कोरोना भाइरसको आशंकामा मंगलबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको छ ।

टेकु अस्पतालका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना नर्सहरुको बुधबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

मंगलबार र्‍यापिड टेस्टको क्रममा एन्टिबडी पोजेटिभ आएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

बुधबार उनीहरु दुवै जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ