निर्वाचन आयोगमा दर्ता भयो ‘जनता समाजवादी पार्टी’

निर्वाचन आयोगमा दर्ता भयो ‘जनता समाजवादी पार्टी’

Janata Samajbadi Party Nepal Darta

काठमाडौ । ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।

झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।

यो पनि:

पार्टी फुट्दैन, लकडाउनपछि एकताको बाँकी काम पूरा गर्छौं : राजेन्द्र महतो

मध्यरातमा समाजवादी पार्टी र राजपाबीच एकता : नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ