भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ४८ पुग्यो

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ४८ पुग्यो

Corona Positive Kit

काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।

आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

सो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds