काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको एक मन्त्रीले बताए ।
‘लकडाउन थप्ने/नथप्नेबारे आज निर्णय भएन’ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले भने,‘ भोलि या पर्सि बस्ने अर्को बैठकले यसबारे ठोस निर्णय गर्ने छ ।’
कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको ती मन्त्रीले बताए ।
सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको छ ।
लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ ।
यसैबीच, उदयपुर र भोजपुरमा समुदायस्तरमा कोरोना देखिएका कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने विचारहरू पनि आइरहेका छन् ।
सरकारले यसबारे कस्तो नीति लिन्छ, आइतबारसम्म कुर्नुपर्ने भएको छ ।
सम्बन्धित खबर
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थपिने
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी प्रतिनिधि सहभागी हुने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आज देशभरको मौसम कस्तो रहन्छ?
सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु
शून्य बेरुजु हुने एकमात्र गाउँपालिका ‘महाभारत’
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु