काठमाडौ । चैत्र पहिलो हप्ता परिक्षा लिएर रोकिएको बिद्यालयको पढाइ जहाँको त्यहि ठप्प छ ।
कोरोना (कोभिड-१९) का कारण लाखौं बालबालिकाको पढाइमा असरत परेको छ नै संगै शैक्षिकसत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ।
यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन स्रोतको सदुपयोग गर्नु अनिवार्य आवस्यकता बनेको छ ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको एन सि सि एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा सुरु गरेको डिजी स्कुल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सन्चालन गर्ने भनेर निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निशुल्क प्रशिक्षण सुरु गरेको छ।
प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि गृह कार्यहरू/असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिंग, अनलाइन प्रस्तुतिहरू, स्लाइड साझेदारी, तस्विर/भिडियो साझेदारी सम्बन्धि सिकाइने बताइएको छ ।
शिक्षा विद्यार्थीको एक अनिवार्य तत्व भएको र यस महामारीमा सामाजिक दूरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डिजी स्कुल नेपालका प्रवर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।
प्रशिक्षणमा सहभागी हुन चाहने बिद्यालय तथा शिक्षकहरुले डिजी स्कुलको ९८०१२२४२६९ मा वा [email protected] सम्पर्क गरि सहभागीता जनाउन सक्ने श्रेष्ठले जानकारी दिए। अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकुल गरिने बताइएको छ।
के हो डिजी स्कुल ?
https://youtu.be/AbR2Is0fIWw
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’