तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका स्थित सेती नदिमा दुईजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसारआमा छोरीको शव फेला परेको हो ।
तनहुँको व्यास-१ निर्मलनगर निवासी ३४ वर्षीया रबिना श्रेष्ठ र उनको छोरी ११ वर्षीया प्रिया श्रेष्ठको शव नदिमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले शनिबार ऋषिङ १ कोइदिमस्थित सेती नदीमा प्रिया श्रेष्ठ (छोरी) र करिब तीन किलोमिटर पर ऋषिङ ३ स्थित मास्दीघाटमा रबिना श्रेष्ठ (आमा) को शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
शुक्रबार १५ वर्षीय छोरा बिपिन श्रेष्ठ आफ्नै घरमा मृत भेटिएको भोलिपल्ट शनिबार उनकी आमा र बहिनीको शव सेती नदीमा भेटिएका हो । शारीरिक रुपमा अशक्त विपिन घरमा एक्लै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिपिन पूर्णरुपमा र उनकी बहिनी प्रिया पनि शारीरिक रुपमा अशक्त थिईन । बिपिनका बुबा भारतमा रोजगारीमा रहेका छ्न ।
रबिनाले घरमा मोबाइल र गरगहना छोडेर छोरीसँग १० गतेबाट बेपत्ता थिइन । छोरालाई समेत एक्लै छोडेर बेपत्ता रबिना र उनकी छोरी प्रियाको खोजि गर्दा शनिबार मृत अवस्थामा नदीमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
छोरा बिपिनको घाँटीमा निलो डाम र घरमा सबै सामान छाडेर बेपत्ता भएकाले छोराछोरीको अवस्थाका कारण विरक्त महिलाले अप्रिय कदम चालेको आशंका आफन्तले गरेका छन् ।
आफन्त र छिमेकीले आत्महत्याको आशंका गरेतापनि प्रहरीले भने शव पोस्टमार्टम र थप अनुसन्धान पछि मात्रै कारण पत्ता लाग्ने बताएको छ ।
अहिले आमाछोरीको शव दमौली अस्पतालमा राखिएको छ । छोरा बिपिनको भने पोस्टमार्टम भईसकेको तर रिपोर्ट आइनसकेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’