लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै, एक हप्ता थप्ने सम्भावना

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै, एक हप्ता थप्ने सम्भावना

Mantriparisad

काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ ।

यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।

यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ