तनहुँ । तनहुँको घिरिङमा बलेरो जिप दुर्घटना भएको छ । घिरिङ गाउँपालिका-५ बेलभञ्ज्याङ देउराली स्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
जिप दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने अन्दाजी २३ वर्षिया सन्जु पोख्रेलको रहेको प्रहरीले जनाएको छ । पोख्रेलको उपचारका क्रममा पोखरामा मृत्यु भएको प्रहरी जनाएको छ ।
डेढगाउँबाट पोखरातर्फ जॉदै गरेको जीप दुर्घटनामा परेको हो । ग १ ज ७५०२ नम्बरको बलेरो जीप आफै अनियन्त्रीत भई सडकबाट २ सय मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
६ महिने बालक अनिल खत्रीको उपचार गर्न हिँडेको जीप दुर्घटनामा परेपछि एकै परिवारका चार जना घाइते भएका छन् ।
सवारी चालक नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने ३१ वर्षीय चाम बहादुर दमै सहित ६ जना घाईतेको शुभ लक्ष्मी मेडिकल भिमादमा उपचार भईरहेको प्रहरि नायब निरिक्षक भेषराज रेग्मीले जानकारी दिए ।
नवलपुर बौदिक कालिका गाउँपालिक-२ बस्ने वर्ष ५४ को दिलमाया खत्री, वर्ष २६ की सुनिता खत्री, वर्ष ७ को अविषेक खत्री, ६ महिनाको अनिल खत्री र सहचालक वर्ष २१ को सन्तोष परियारको भिमादमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
५४ वर्षिया दिलमाया खत्रीको अवस्था गम्भीर रहेकाले पोखरा पठाउने तयारि भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ