नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ ।
कोभिड–१९ सङ्क्रमणका लागि जारी बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन सो समय औषधि पसलबाहेक सम्पूर्ण पसल व्यवसाय बन्द गराउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार १० बजेपछि अनुमतिबाहेकका सवारी साधन हिँडडुलमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी औषधि पसलबाहेक फलफूल, दूध, तरकारी, माछा मासुलगायत अत्यावश्यक सेवाका सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गर्न आग्रह गरेको छ ।
यसअघि जिप्रकाले अपराह्न ४ बजेदेखि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गराउँदै आएको थियो ।
बन्दाबन्दीको अवज्ञा गरेमा कानूनबमोजिम कारवाही गरिने सहायक प्रजिअ उपाध्यायले बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु