वीरगञ्ज । कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । स्रोत भन्छ, ‘वहाँको रिपोर्ट गडबढ आएर फेरि यहाँ ल्याइएको हो ।
अस्पताल भर्ना गरिएका ती व्यक्तिले भने, ‘मलाई लिन एम्बुलेन्स पठाइएको थियो, अहिले अस्पतालमा छु । नर्सले तपाईं एक दुई दिन यहीँ बस्नुपर्छ भन्नुभएको छ ।’
भारतको दिल्लीबाट रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो । अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो ।
निको भएर घर फर्किए पनि त्यसको ४ दिनपछि ती व्यक्तिमा ज्वरो आएपछि उनको घरमै पुगेर पुनः स्वाबको नमुना लिएर आएको अस्पताल श्रोतले बताएको छ । उनीसहित उनको परिवारका सदस्यहरुको स्वाब परीक्षण गर्दा उनमा पुनः पोजेटिभ देखिएपछि वैशाख २० गते राति उनलाई अस्पताल ल्याइएको हो ।
नारायणी अस्पताल श्रोतका अनुसार उनमा अहिले पनि कोरोना संक्रमण पोजेटिभ देखिएकाले गए राती नै अस्पतालबाट एम्बुलेन्स गएर उनलाई ल्याइएको हो । उनलाई अहिले पनि अस्पतालको आइसोलेसनमै राखिएको छ ।
उनीसँगै ४ जना बिरामी निको भई डिस्चार्ज भएका थिए । अहिले फेरि ती ४ जनालाई नै अस्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ