नेपालमा एकैदिन १० जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा एकैदिन १० जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

Corona Positive Kit

काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ