शिक्षा मन्त्रालयले विद्यालयलाई भन्यो – नयाँ भर्ना नगर्नु र अनलाइन कक्षाका नाममा शुल्क नलिनु

शिक्षा मन्त्रालयले विद्यालयलाई भन्यो – नयाँ भर्ना नगर्नु र अनलाइन कक्षाका नाममा शुल्क नलिनु

Education-Ministry

काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तहको नयाँ भर्ना नलिन र अनलाइन कक्षाका नाममा शुल्क नलिन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा समेत शुल्क लिन नपाइने निर्णय गरेको हो ।

माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले सोमबार जारी सूचनामा जनाएको छ ।

सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा ती परीक्षा सञ्चालन गर्ने विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भइरहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य शुल्क छुट दिने निर्णय भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचना

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ