काठमाडौंको सनसिटि अपार्टमेन्टका एक पुरुषमा पनि पुनः देखियो कोरोना, आजै ३ जनामा पुनः संक्रमण

काठमाडौंको सनसिटि अपार्टमेन्टका एक पुरुषमा पनि पुनः देखियो कोरोना, आजै ३ जनामा पुनः संक्रमण

Suncity apartment

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो ।

पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनको पाटन अस्पतालमै उपचार भइरहेको छ ।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ ।

मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ