सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरी र चिनियाँ नागरिकबीच झडप, ६ जना घाइते

सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरी र चिनियाँ नागरिकबीच झडप, ६ जना घाइते

singha durbar

काठमाडौं – सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिएका उनीहरु भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

शुक्रवार दिउँसो २५ र ३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो । ‘चिनियाँहरु भित्र पस्न खोजे्, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए । एसएसपी ज्ञवालीले यसबारे दूतावसमा जानकारी गराउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ