काठमाडौं । शुक्रबारदेखि सुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति देउवाले कोरोनाभाइरस महामारीको विषम परिस्थिति सरकारले महामारीसँग लड्ने कुनै योजना र रणनीति नबनाएको बरू भष्टाचार र सांसद अपरहणजस्ता कुरामा संलग्न रहेकाले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको कांग्रेसले ठहर गरेको बताएका हुन्।
‘नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको महिनौं बित्दा पनि आजसम्म व्यापक परीक्षण भइसक्नुपर्नेमा अत्यन्त न्यून संख्यामा परीक्षण भइरहेको छ, परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ,’ देउवाले भने,‘विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारको कुनै योजना छैन। कोरोनाका कारण विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक असरको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन। यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र भावनाका विपरित कुरामा व्यस्त हुनु, सांसदको अपहरण हुनुजस्ता अपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैनन्।’
उनले यी कुराहरूलाई आफ्नो पार्टीले निकै सुक्ष्म ढंगले हेरिरहेको र सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको बताए। देउवाले सरकारले दुइटा विवादस्पद अध्यादेश ल्याएर गैरजिम्मेवार र अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको बताए।प्रधानमन्त्री केपी ओलीले नियोजित रूपमा कोरोना संकटका बेला दल विभाजन र संवैधानिक परिषदसम्बन्धी दुइटा अध्यादेश ल्याएको दाबी गरे।
कोरोना संकटसँग विपक्षी दलसमेत मिलेर लड्न तयार रहेको बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियत हो भन्ने प्रष्ट छ, उनले भने।स्वास्थ्य सामग्रीहरूको अभाव रहेको भन्दै सो कुरा तत्काल सुल्झाउन उनले सरकारसँग माग गरे। स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टचार हुन दुःखद रहेको उल्लेख गर्दै देउवाले त्यसको छानबिन हुनुपर्ने माग गरे।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ