तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका भित्र एउटा चितुवा काठको खोरमा परेको छ । शनिबार राती बन्दिपुर गाउँपालिका वडा नं ३ स्थित सिमपाखा बनमा राखिएको काठको खोरमा चितुवा परेको हो ।
बनमा पासो थापिएको खोरमा हालसम्म जिल्लामा कुल ८ वटा चितुवा परेको डिभिजन कार्यालय तनहुँले जनाएको छ ।
करिब ४ महिना अगाडी उक्त बनमा काठको खोर राखिएको डिभिजन बन कार्यालय तनहुँमा प्रमुख केदार बरालले जानकारी दिए । शनिबार राती जिल्लामा आठौँ चितुवा खोरमा परेको प्रमुख बरालले बताए ।
देविथुम्का सामुदायिक बनमा राखिएको खोरमा उक्त चितुवा परेको प्रमुख बरालले जानकारी दिए । ‘उक्त क्षेत्रमा अत्याधिक गाई, बाख्रा खाने गरेको थियो ।’प्रमुख बरालले भने ‘बल्ल अहिले खोरमा पर्यो ।’ चितुवाले पुर्याएको घरपालुवा पशुको लागी धेरै नै क्षतिपुर्ति स्थानिय लाई दिएको प्रमुख बरालले बताए ।
गत २०७६ माघ महिनामा बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहिपाखामा चितुवाको आक्रमणबाट १० वर्षिय इश्क सुनारको मृत्यु भएको थियो । चितुवाले बालक खाएपछी लोहिपाखामा पासो थापिएको र उक्त खोरमा चितुवा परिसकेको परेको प्रमुख बरालले बताए ।
यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थियो ।
त्यसैगरि व्यास नगरपालिकामा गत पुष ९ गते पहिलोपटक व्यास नगरपालिका वडा नं. ९ मा पोथी चितुवा फलामे खोरमा परेको थियो ।
त्यस्तै बन्दिपुर गाउँपालिकाको लोहिपाखामा यसअघि २ वटा चितुवा खोरमा परिसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । ‘हिजो शनिबार र%E
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला