थप १० जनामा भेटियो कोरोना भाइरस, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

थप १० जनामा भेटियो कोरोना भाइरस, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

Corona Positive Kit

पोखरा । नेपालमा फेरि थप १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ ।

यसैगरी बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर ५ मा ४० जना फेला परेका छन् । बाँकेमा २४ जना र उपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

सोमबार १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ