कपिलवस्तु – कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि जिल्लालाई सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सुरक्षा समितिको बैठकबाट आज साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए।
यस अवधिमा जिल्लामा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने साधनहरु जिल्लाभित्र रोक्न पाइने छैन्। जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योग धन्धा तथा कलकारखानाहरुलाई पूर्ण रुपमा रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमक रोग ऐन २०२० को दफा २ (१) बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाईएको प्रजिअ पौडेलले बताए । खाद्यान्न र तरकारी किनमेलका लागि भने विहान ७ बजे देखि ९ बजेसम्मको समय कायम गरिएको छ।
जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवै प्रकारका सवारी साधनका पासहरुलाई यसै निर्णयबाट निष्क्रिय पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा हाल १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरु सवै भारतको महाराष्ट्रबाट आएका हुन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष