पोखरा । भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला यसको चर्को विरोध नेपालमा भैरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ती निकालेर यसको विरोध गरिसकेको अवस्था छ ।
यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । कलाकार सिताराम कट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो हुने उल्लेख गरेका छन् ।
सिताराम लेख्छन्–‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्र्तगत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ । तसर्थ, स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौ ।’
उनले, हामीलाई सीमा मिचेर ठूलो भू–भाग भएको छिमेकी हैन, ठूलो हृदय भएको छिमेकी चाहिएको पनि उल्लेख गरेका छन् । उनले, सीमा विवादको बिषयलाई आवेगमा होइन दीर्घकालिन समाधानका लाग संयम भएर अगाडि बढ्न सबैसँग अपिल पनि गरेका छन् ।
सम्बन्धित खबर
मनसरा : मिश्रित समाजको कथा
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
‘महाजात्रालाई १० मा ९.५ नम्बर दिन्छु’ : अध्यक्ष ओली
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग