काठमाडौं । भक्तपुरमा मंगलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरको आयोग्य फाउन्डेसनमा कार्यरत कोरोना संक्रमित युवती केही दिनअघि मात्रै सुनसरीबाट आएको पाइएको छ । उनी सुनसरीबाट भक्तपुर आइ ठिमीस्थित आफ्नो नर्स साथीको कोठामा केही दिन बसेकी थिइन् ।
संक्रमित युवती आरोग्य फाउन्डेसनमा एकाउन्टेन्टको रुपमा कार्यरत रहेको ललितपुर प्रहरीले पुष्टि गरेको छ । ‘आरोग्य प्रतिष्ठान स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था भएपनि उहाँ त्यो अस्पतालमा एकाउन्टेन्ट रहेको खुलेको छ’, प्रहरी स्रोतले भने, ‘उहाँमा कोरोना पुष्टि भएसँगै आरोग्यसहित नजिकैको निदान अस्पतालसमेत सिल गरिएको छ ।’
ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् । उनलाई पनि टेकुमा भर्ना गरिएको छ भने परिवारका अन्य सदस्यको पीसीआर टेस्टको तयारी गरिएको छ ।
नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
(यसअघि, ती युवती नर्स भएको भनिएपनि त्यसलाई सच्याइएको छ । उनि आरोग्य फाउन्डेसनमा एकाउन्टेन्टको रुपमा कार्यरत थिइन् ।) -सं
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन