काठमाडौं । नेपालमा बिहान मात्रै थप २ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको जम्मा संख्या २४५ पुगेको छ । कपिलवस्तु र काठमाडौंका दुई जनामा संक्रमण भएको पुष्टि भएको हो ।
कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसघि पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।
बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
झुक्कियो स्वास्थ्य मन्त्रालय, नेपालमा कोरोना संक्रमितको संख्या २४५ नै
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अघि कोरोना संक्रमितको संख्या २५० पुगेको भन्दै विज्ञप्ति जारी गरेको मन्त्रालयले पुनस् विज्ञप्ति जारी गर्दै प्राविधिक गल्ति भएको स्वीकार गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या कति भन्नेमा स्वास्थ्य मन्त्रालय आफैं अन्योलमा रहेको छ ।
यसअघि आज मात्र ७ जनामा कोरोना संक्रमण देखिएको भनेर विज्ञप्ति जारी गरेको मन्त्रालयले अहिले भने आफैंले जारी गरेको विज्ञप्ति सच्याउँदै २४५ नै कायम रहेको बताएको हो ।
(यसअघि स्वास्थ्य मन्त्रालयले जारि गरेको प्रेस विज्ञप्ति अनुसार थप ७ जना सहित कुल संक्रमित २५० भनिएको समाचार सच्याइएको छ । -सम्पादक)
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु