पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह चैत २ देखि झापामै छन् । लकडाउनका कारण त्यहाँ अड्किएका पूर्व राजदम्पतीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं जाने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरिदिएका हुन् ।
पूर्व राजदम्पत्ति निजी भ्रमणमा झापा पुगेका थिए । लकडाउन सुरु भएपछि उनीहरु त्यहीँ रोकिएका थिए । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि प्रशासनले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले बताएको अनलाइनखबरले न्यूज प्रकाशित गरेको छ ।
गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने रानामगरको भनाई छ । पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किन चाहेका छन् । झापामा पूर्वराजपरिवारको चियावगान छ । अहिले उनीहरु त्यहीँ रहेको घरभित्र बसिरहेका छन् ।
पूर्व राजारानी लकडाउनको पूर्ण पालना गरेर बसिरहेको संवाद सचिव फणिराज पाठकले बताएका छन् । पूर्व युवराज्ञी हिमानी भने आफ्ना छोराछोरीहरुसहित बैंककमा छिन् । पूर्व युवराज पारस पोखरामा छन् । कहिले डिस्कोमा नाचिरहेको घण्टैपिच्छे लाइभ गर्छन्, कहिले राहत कार्यक्रममा देखिन्छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष