काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा पहिलो पटक मानिसको ज्यान गएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ ।
धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि स्वाब पठाइएको छ। यसबारे औपचारिक जानकारी पत्रकार सम्मेलन मार्फत दिइदैँछ ।
उनको राति नै मृत्यु भएको हो। उनको सुरुमा आरडीटी पोजिटिभ आएको र पछि पीसीआर पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।
गत वैशाख २७ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। तर, शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। काठमाडौंमै लैजाने क्रममा वीच बाटोमा गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेलमा आएको थियो। आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो। ती महिलालाई बिहीबार साँझ धुलिखेल अस्पताल ल्याइएको थियो ।
रिपोर्ट पोजिटिभ देखिएपछि बिहीबारदेखि नै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ। यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन् ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?