थप १८ जनामा कोरोनाको संक्रमण: कर्णाली प्रदेशमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३७५ पुग्यो

थप १८ जनामा कोरोनाको संक्रमण: कर्णाली प्रदेशमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३७५ पुग्यो

Corona

पोखरा । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ । यसअघि आज ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds