टाउको फुटेको अवस्थामा गोविन्द शाहीको शव भेटियो

टाउको फुटेको अवस्थामा गोविन्द शाहीको शव भेटियो

gobinda sahi

जाजरकोट – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ ।

प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।उनको शव भेरी कपडाले टाउको बाँ’धेको, दाँत भाँ’चिएको र टाउको फुटेको अवस्था फेला परेको खोजतलासमा जुटेका छवि पन्तले जानकारी दिनुभयो ।

यस भन्दा अघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ।

बेपत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको  मृत्युको कारण खुल्ने उनको भनाइ छ । स्थानीयले भने उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।

यसअघि बेपत्तामध्ये जाजरकोटको छेडागाड नगरपालिका-१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव जेठ १५ मा फेला परेको थियो।

त्यसअघि बुधबार भेरी नगरपालिका-११ का २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। ६ जना मध्ये दुई जनाको शव घटनालगत्तै फेला परेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ