धादिङमा एकै दिन थप १६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा एकै दिन थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Corona Positive Kit

धादिङ – धादिङमा थप १६ जनामा कोरोना भाइरसकको संक्रमण पुष्टि भएको छ। सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए ।

सूचना अधिकारी विकका अनुसार भारतबाट फर्किएका १६ जनाको अवस्था सामान्य छ, अब उनीहरुलाई धादिङबेसीमा निमार्ण गरिएको आइसोलेसनमा राखिने छ ।

धादिङ नीलकण्ठमा १६ जनामा कोरोना पुष्टि
नीलकण्ठ-१ का १७ बर्षका पुरुष,
नीलकण्ठ-२ का २२ बर्षका पुरुष,
नीलकण्ठ-३ का ४० बर्षका पुरुष,
नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष,
नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष,
नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु
तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका उमेर समूहका रहेका छन्।
साथै, गजुरी ५ की ३२ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । उनी भरतपुर स्थित क्वारेन्टाइनमा छिन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७६२ पुगेको छ। संक्रमितमध्ये ४८८ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds