सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

gold

प्रतिकात्मक तस्विर

नेपाली बजारमा सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज प्रतितोला ८९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ सय रुपैयाँ बढेको हो ।

आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो ।

बुधबार पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भएको सुन विहिबार पनि सोही मूल्यमा कारोबार भयो । तर आज भने १०० रुपैंयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

गतहप्ता बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । लकडाउनको ७६ दिनपछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ