पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहान नयाँ १६ संक्रमित फेला परेका छन् । तनहुँमा १, बाग्लुङमा ९, म्याग्दीमा ४ र पर्वतमा २ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरणमा उल्लेख छ । योसंगै तनहुँमा संक्रमितको संख्या ७१ जना पुगेको छ ।
त्यसैगरी बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै पुरुषहरु हुन् । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।
यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमित छन् ।
पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो पनि:
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु