किरण श्रेष्ठ, तनहुँ । तनहुँको छाब्दी बाराही मन्दिरमा रहेको पुरानो दाहिने शङ्ख चोरी भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट करिब ८ कि.मि पूर्व तर्फ पर्ने छाब्दी बाराहीमा चोरको बिगबिगी बढ्न थालेको छ ।
गत बिहिबार राती छाब्दी मन्दिरको पुरानो शङ्ख चोरी भएको छाब्दीबाराही मन्दिरका पुजारी चोल बहादुर आलेले बताए । ‘रातको समयमा शंङख चोरी भएछ ।’ पुजारि आलेले भने ‘चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको छ तर पत्ता लागेको छैन ।’
मन्दिर नजिकै प्रहरी चौकी समेत रहेको छ । पुजारी आले भने ‘अन्य सामान्य शङ्ख भन्दा अलि फरक काडा उम्रेको थियो त्यो शङ्ख ।’
शङ्ख करिब २५ वर्ष पुरानो भएको पुजारी आले जानकारी दिए ।
चोरी भएलगत्तै चोरको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यलय तनहुँमा निवेदन दिएको पनि पुजारी आलेले बताए । मन्दिरको मुल गेट केहि नगरी भित्र भएको दुई वटा च्यानलगेटको चाबी तोडर उक्त शङ्ख चोरी भएको उनले बताए ।
‘मन्दिरको गेटको चाबी तोडी शङख चोरी भएको रहेछ ।’ आलेले भने ‘सिसि क्यामेरा पनि भित्ता तिर बङ्गाएर मोडिएको अवस्थामा थियो ।’ उनले थपे ‘बिहिबार साँझ आरति गरेर मन्दिरको ढोका बन्द गरेर घर गए भोलिपल्ट बिहान आउँदा शङ्ख चोरी भईसकेछ ।’

केही दिन यता देखि छाब्दीमा चोरी घटनाको श्रृङ्खला बढेको छ । यस्तै चोरीको घटना बढ्न थालेपछि छाब्दी सुधार समितिले आकस्मिक बैठक बसी शनिवारदेखि रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिडडुलमा रोक लगाएको छ ।
व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अटेर गरि अनावश्यक हिँडडुल गरेमा कानुन अनुसार कारवाही गरिने वडा अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘हामीले स्थानीय युवाहरुलाई रातको समयमा गस्ती गर्नको लागि खटाएका छौँ आवश्यक परे प्रहरी समेत परिचालन गर्नेछौँ ।’
यस्तै लकडाउनको समयमा पनि छाब्दी मन्दिरमा भक्तजनको संख्या नघटेपछि अर्को सुचना जारी नभएसम्म मन्दिरमा भक्तजनलाई मन्दिरमा नआउन पनि आग्रह गरिएको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस