किरण श्रेष्ठ, तनहुँ । तनहुँको छाब्दी बाराही मन्दिरमा रहेको पुरानो दाहिने शङ्ख चोरी भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट करिब ८ कि.मि पूर्व तर्फ पर्ने छाब्दी बाराहीमा चोरको बिगबिगी बढ्न थालेको छ ।
गत बिहिबार राती छाब्दी मन्दिरको पुरानो शङ्ख चोरी भएको छाब्दीबाराही मन्दिरका पुजारी चोल बहादुर आलेले बताए । ‘रातको समयमा शंङख चोरी भएछ ।’ पुजारि आलेले भने ‘चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको छ तर पत्ता लागेको छैन ।’
मन्दिर नजिकै प्रहरी चौकी समेत रहेको छ । पुजारी आले भने ‘अन्य सामान्य शङ्ख भन्दा अलि फरक काडा उम्रेको थियो त्यो शङ्ख ।’
शङ्ख करिब २५ वर्ष पुरानो भएको पुजारी आले जानकारी दिए ।
चोरी भएलगत्तै चोरको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यलय तनहुँमा निवेदन दिएको पनि पुजारी आलेले बताए । मन्दिरको मुल गेट केहि नगरी भित्र भएको दुई वटा च्यानलगेटको चाबी तोडर उक्त शङ्ख चोरी भएको उनले बताए ।
‘मन्दिरको गेटको चाबी तोडी शङख चोरी भएको रहेछ ।’ आलेले भने ‘सिसि क्यामेरा पनि भित्ता तिर बङ्गाएर मोडिएको अवस्थामा थियो ।’ उनले थपे ‘बिहिबार साँझ आरति गरेर मन्दिरको ढोका बन्द गरेर घर गए भोलिपल्ट बिहान आउँदा शङ्ख चोरी भईसकेछ ।’

केही दिन यता देखि छाब्दीमा चोरी घटनाको श्रृङ्खला बढेको छ । यस्तै चोरीको घटना बढ्न थालेपछि छाब्दी सुधार समितिले आकस्मिक बैठक बसी शनिवारदेखि रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिडडुलमा रोक लगाएको छ ।
व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अटेर गरि अनावश्यक हिँडडुल गरेमा कानुन अनुसार कारवाही गरिने वडा अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘हामीले स्थानीय युवाहरुलाई रातको समयमा गस्ती गर्नको लागि खटाएका छौँ आवश्यक परे प्रहरी समेत परिचालन गर्नेछौँ ।’
यस्तै लकडाउनको समयमा पनि छाब्दी मन्दिरमा भक्तजनको संख्या नघटेपछि अर्को सुचना जारी नभएसम्म मन्दिरमा भक्तजनलाई मन्दिरमा नआउन पनि आग्रह गरिएको छ ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो