किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानुमा सोमबार परेको अविरल वर्षाका कारण पहिरो गएको छ ।
जिल्लाको भानु-९ सिमलगैह्रामा सोमबार दिउँसो करिब २ बजेतिर गएको पहिरोका कारण स्थानीय महेन्द्र धौलारीको घर पुरिएको छ । यस्तै नजिकैको अर्को मान्छे नबस्ने एक घर र धन्सारमा समेत क्षति पुगेको छ ।
घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ताघरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका २ जनाकै मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका महेन्द्र बहादुर थापाले जानकारी दिए ।
मृत्यु हुनेमा १७ वर्षीया शितास्मा धौलारी र ८० वर्षीया तिलमाया धौलारी रहेका छन ।
जीवितै उद्धार गरिएको शितास्माको उपचारका लागी लैजादा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उनको हजुरआमा तिलमायाको भने पहिरोले पुरिएर मृत अवस्था शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाको उद्धार गरिएको थियो ।
गम्भीर अवस्थामा उद्धार गरिएको शितास्मालाई जेसिबीमा राखेर उपचारका लागि पठाइएको भएतापनि बचाउन नसकिएको भानु ९ का वडाअध्यक्ष निलम संजिवा श्रेष्ठले जानकारी दिए ।
महेन्द्रको पाँच सदस्यमध्ये दुईलाई भने पहिरोले पुरेको थियो ।
घर माथिबाट एक्कासी पहिरो आएकाले महेन्द्र, उनकी पत्नी र एक छोरी भने भाग्न सकेपनि दुई जना भने पुरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।
डुम्रे-बेशिसहर सडकखण्ड अन्तरगत भानुको रानिबाँसमा कल्भट भत्किदा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
जिल्लामा पहिरोका कारण करिब २० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खोला बढेर आएको बाढीले करिब ४० घरलाई आंशिक क्षति पुर्याएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
त्यस्तै गत आइतबार पहिरोमा पुरिएका व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हालसम्म तनहुँमा पहिराले पुरिएर १३ जनाको मृत्यु भएको छ । तनहुँको भानुस्थित सिमगैरामा पहिरोले घर बगाउँदा एक जना बेपत्ता, एकको उद्दार
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला