रुकुम पश्चिमको स्यार्पु तालमा बच्चालाई उद्दार गर्ने क्रममा दुई युवकको ज्यान गएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने स्यार्पु तालको मुहानमा बच्चा बग्न थालेको देखेपछि उद्दार गर्न गएका उनीहरु आफै बगेर बेपत्ता भएका थिए ।
बाँफीकोट गाउँपालिका वडा नं। ५ वडागाउँ निवासी बर्ष २१ का अनिल घर्ती मगर र २३ बर्षिय अर्जुन घर्ती मगरको ज्यान गएको हो । अर्जुनको शव पहिले भेटिएको थियो भने तयसपछि अनिललाई भेटिएको थियो ।
प्रत्यक्षदर्शीले बताए अनुसार तालको मुहानतर्फको खोलामा बच्चा बगेको देखेपछि सुरुमा अनिल घर्ती मगर बच्चालाई बचाउन गएका थिए । बच्चालाई उद्धार गर्न गएका अनिलले गाह्रो भयो भन्दै गुहार मागेपछि उनलाई निकाल्न अर्जुन घर्ती मगर हाम्फाले । त्यसपछि दुवै जना निस्कन सकेनन् । उनीहरु दुबैजना एकैगाउँका छिमेकी हुन् । बच्चाको भने अरु स्थानीयले जिवितै उद्धार गरेका छन् ।
स्यार्पुतालमा माछा मार्न गएका उनीहरु बुधबार दिउँसो बच्चालाई बचाउन खोज्दा आफै बेपत्ता भएको प्रहरीले बताएको छ । वेपत्ता भएका दुबै जना पौडीमा पोख्त भएको बताइएको छ । बर्षाका कारण बढेको तालमा आउने खोलाको भेलले तालको दलदलमा दबाउँदा उनीहरु आफू जोगिन नसकेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष