पोखरा – कास्की जिल्ला स्तरीय जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमाणाधिन भवनको अबलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान, गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले संयुक्त रुपमा अवलोकन गरेका हुन ।
पोखराको पृथ्वीचोकमा र्निमाण गर्न लागिएको भवन अहिले अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा निर्माण सम्पन्न हुन लागेको भवन र्निमाणका लागि नागरीकस्तरबाट थालनी गरिएको हो । तत्कालिन नगर विकास समितिद्धारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा व्यबसायी दिलिप श्रेष्ठको नेतृत्वमा निर्माण समिती बनाएर काम सुरु गरिएको थियो । अहिले ट्राफिक प्रहरी कार्यालय बसेको भवन जिर्ण बन्दै गएको छ भने आवासको लागि पनि समस्या भएको छ ।
प्रहरीहरु पानि चुहिने भवनमा बसीरहेको अवस्थामा सुबिधासम्पन्न भवन निर्माण गर्ने प्रयत्न रहेको र्निमाण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिए । भवन र्निमाणका लागि पोखरा महानगरपालिका लगायत बिभिन्न ब्याक्तिहरुले सहयोग गरेको निर्माण समितिका सल्लाहकार शिव बस्ताकोटीले सो अबसरमा जानकारी दिए । निर्माण सम्पन्न हुन अझै केही रकम अभाव भएको र यसका लागि सहयोगको अपेक्षा रहेको सदस्य सचिव शिब थापाले जानकारी दिए ।
भवन र्निमाणस्थलको अवलोकन पछि आन्तरीक मामिला तथा कानुनमन्त्री हरी बहादुर चुमानले प्रदेशले सकेसम्मको आर्थिक सहयोग गर्ने बताए । प्रदेश सरकार बनेपछि यस्ता कार्यहरुमा केही हदसम्म भएपनि काममा सहजता आएकोले भवन सम्पन्न गर्नका लागि आवस्यक स्रोतको खाजि गर्ने प्रतिबद्धता ब्यक्त गरे । आवश्यक पुर्बाधार बिना काममा पनि मनोबल नआउने भएकाले भवन र्निमाणमा खट्ने र सहयोग गर्ने प्रति उनले धन्यबाद दिए । प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आवस्यक पुर्बाधार र्निमाण गर्ने कुरामा आफु संधै सकारात्मक भएको र सोही अनुसार पहल जारी राख्ने बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु