किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडकको मर्मत भईरहेको छ । पृथ्वी राजमार्गमा पर्ने उक्त सडक गत मंगलबार भासिएको थियो ।
गत आइतबारदेखि परेको अविरल वर्षाका कारण गत मंगलबार उक्त स्थानमा सडक भासिएको थियो । भासिएको सडक अझै सञ्चालनमा आउन सकेको छैन । मंगलबार भाँसिएको सडक मर्मत नसकिँदा राजमार्ग सुचारु हुन नसकेको हो ।

सडकको तल फ़ुटेको पानि कटाउन ह्युम पाइप राखेर कटाउनुपर्ने भएपनि सो अनुसार काम नभएको बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’
अहिलेसम्म ग्याबिन जालिको काम आधा मात्र भएको र ग्राभेलको काम भईरहेको वडाअध्यक्ष पोख्रेलले बताए । अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।

सो विषयमा बुझ्न सडक डिभिजन कार्यालय दमौलीमा गण्डकन्युजले पटक-पटक सम्पर्क गर्दा इन्जिनियरको मोबाइल अफ रहेको थियो ।
आज शनिबार सडक पुरै बन्द गरेर आज राति सम्ममा सडक सुचारु गर्ने गरी काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
‘अत्यावश्यक सवारीका लागी बैकल्पिक सडकमार्फत आवतजावतको व्यवस्था मिलाएका छौ ।’ सहायक प्रजिअ बरालले भने ‘आज राति १० बजेसम्म भएपनि बाटो खुलाउने गरी काम भईरहेको छ ।’ उक्त सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले मर्मतको काम गरिरहेका छन ।

सडक पुर्ण मर्मत गर्नको लागि सडक पुर्णरुपमा बन्द गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।
‘एम्बुलेन्स र भिआईपी बाहेक अन्य सवारी पास हुदैन । प्रमुख रानाभाटले भने ‘सडक मर्मतको काम भई रहेको छ, काम सकिए सडक सुचारु हुन्छ नत्र हुँदैन ।’
बैकल्पिक बाटो अत्यावश्यक प्रयोजनका लागि मात्रै प्रयोग भएको प्रमुख रानाभाटले जानकारी दिए । जिल्लाको आँबुखैरेनी, डुम्रे, घाँसीकुवा, दमौलीमा सवारी साधान रोकेर सडक निर्माण कार्यलाई सहज बनाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा धेरै सवारी साधान अलपत्र परेका छन् ।

उक्त भासिएको सडकको कुनापट्टि ग्राभेल बिना डाईभर्सन बनाएर सबै खाले सवारी साधन संचालन गरिएको थियो तर मालबहाक सवारी फस्ने गरेपछि शनिबार सडक मर्मत गरिएको हो ।
गत बिहिबार साँझ ठुलो सवारीले उक्त डाईभर्सन अप्ठ्यारो (हिलो) भएको भन्दै सडकको तलबाट अर्को बाटो प्रयोग गर्दा स्थानियले आफ्नो घर जोखिम परेको भन्दै बाटो अबरुद्द समेत गरेका थिए ।
यो पनि :
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’